बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी

बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी : Icon Khabar

काठमाडौं, पुस ८ । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले बोन्डीमा भएको सामूहिक गोलीकाण्डपछि कडा बन्दुक कानून पारित गर्ने तयारी गरेको छ। आकस्मिक बैठकमार्फत राज्य संसदको तल्लो सदनले ‘आतंकवाद र अन्य कानून संशोधन विधेयक’ स्वीकृत गरेको हो, जसलाई विपक्षी लिबरल पार्टीले पनि समर्थन गरेको छ।

संशोधित कानूनअनुसार सामान्य बन्दुकधारीले अधिकतम ४ वटा र किसानहरूले १० वटासम्म मात्र हतियार राख्न पाउनेछन्। सर्वेक्षणमा ७५ प्रतिशत अष्ट्रेलियालीहरूले कडा बन्दुक नियन्त्रणको समर्थन गरेका छन्।

डिसेम्बर १४ मा बोन्डीमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएपछि कडा कानूनको माग बढेको हो। संघीय सरकारले पनि बन्दुक नियन्त्रण र गन बाइब्याक योजनामा प्रतिबद्धता जनाएको छ, तर रोयल कमिसन गठनको माग अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2025
Website | + posts
ताजा
भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति काठमाडौं महानगरले खारेज गर्ने
काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक विषादी भेटियो
बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी
मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न