बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी

बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी : Icon Khabar

काठमाडौं, पुस ८ । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले बोन्डीमा भएको सामूहिक गोलीकाण्डपछि कडा बन्दुक कानून पारित गर्ने तयारी गरेको छ। आकस्मिक बैठकमार्फत राज्य संसदको तल्लो सदनले ‘आतंकवाद र अन्य कानून संशोधन विधेयक’ स्वीकृत गरेको हो, जसलाई विपक्षी लिबरल पार्टीले पनि समर्थन गरेको छ।

संशोधित कानूनअनुसार सामान्य बन्दुकधारीले अधिकतम ४ वटा र किसानहरूले १० वटासम्म मात्र हतियार राख्न पाउनेछन्। सर्वेक्षणमा ७५ प्रतिशत अष्ट्रेलियालीहरूले कडा बन्दुक नियन्त्रणको समर्थन गरेका छन्।

डिसेम्बर १४ मा बोन्डीमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएपछि कडा कानूनको माग बढेको हो। संघीय सरकारले पनि बन्दुक नियन्त्रण र गन बाइब्याक योजनामा प्रतिबद्धता जनाएको छ, तर रोयल कमिसन गठनको माग अस्वीकार गरेको छ।

Published Date: 23 December 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी