काठमाडाैं, फागुन ७ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको ध्यान कानून निर्माणतर्फ नगएको बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूले कानुन निर्माणमा ध्यान दिन नसकेको बताए ।
घिमिरेले मुलुकमा धेरै ऐन–कानून बनाउनुपर्ने आवश्यकता रहेको तर त्यसो हुन नसकेको बताउनुभयो । उनले कानुनको कार्यान्वयनमा पनि अनुगमन नभएको बताए ।
तल्लो सदनका सभामुखका अनुसार सरकारले संसदलाई राम्ररी हेरेको छैन । सभामुख घिमिरेले कार्य सम्पादनमा अवरोध आएको बताए । उनले कार्यपालिका र व्यवस्थापिकाबीच समन्वय हुनुपर्ने बताए । उनले कानुनको कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
Published Date: 19 February 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1