लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एउटा मन्त्रालय लिएर जसपा पनि सरकारमा

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एउटा मन्त्रालय लिएर जसपा पनि सरकारमा : Icon Khabar

देउखुरी, फागुन ८ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो ।

यस अघि एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री अहिरले आज सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमा ११ मन्त्री भएका छन् । जसमा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादी केन्द्रबाट तीन, जनमत, राप्रपा र जसपाबाट एक मन्त्री छन् ।

Published Date: 20 February 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी