लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एउटा मन्त्रालय लिएर जसपा पनि सरकारमा

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एउटा मन्त्रालय लिएर जसपा पनि सरकारमा : Icon Khabar

देउखुरी, फागुन ८ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो ।

यस अघि एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री अहिरले आज सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमा ११ मन्त्री भएका छन् । जसमा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादी केन्द्रबाट तीन, जनमत, राप्रपा र जसपाबाट एक मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न