१६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा हुने

१६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा हुने : Icon Khabar

काठमाडौं, फागुन ७ । एसियन एथलेटिक्स संघको तत्वावधानमा नेपाल एथलेटिक्स संघको आयोजनामा आगामी फाल्गुण २३ गते बिहिवार नेपालमा १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप आयोजना हुने भएको छ । उकालो, ओरालो र कच्ची सडकहरुलाई समेटेर तयार पारिएको कोर्षमा संचालन हुने उक्त प्रतियोगिता करिव २४ वर्ष अगाडि सन् १९९९ मा नेपालले आयोजना गरी सफलतापूर्वक सम्पन्न भएको थियो ।

दोश्रो पटक नेपालमा आयोजना हुन गैरहेको यस ऐतिहांसिक १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाली सहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडीहरु सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राविधिकएवम् सहयोगी समेत गरि प्रत्यक्ष रुपमा करीव ६५० जनाको सहभागिता रहनेछ ।

काठमाण्डौंको गोर्कण स्थित गोकर्ण फरेस्ट रिसोर्ट परिसरमा संचालनहुने १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा सिनियर पूरुष र महिलातर्फ १० कि. मि., २० बर्ष मुनिकाजुनियर पूरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिकाजुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ बिधामाव्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ ।

एसियन एथलेटिक्स संघ र यस क्रसकन्ट्री च्याम्पियनसिप अन्त्तराष्ट्रिय र राष्ट्रिय लेभलका टेक्नीकल टिमले संचालन गर्ने यस प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न मूल आयोजक समिति, सचिवालय टिम सहित बिभिन्न ७ वटा समितिहरु गठन गरिएका छन् ।

यस प्रतियोगिताको दौरान एसियन एथलेटिक्स संघका उच्च पदाधिकारीहरुको उपस्थिति बीचमा अन्तराष्ट्रिय स्तरका प्राविधिकहरुले संचालन गर्ने १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप आयोजना गर्न नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद विकास परिषद, प्रदेश लगायतका निकायहरुबाट आर्थिक सहयोग प्राप्त हुने र प्रतियोगिताको अनुमानित बजेट करिव रु.३६,५५५,५००.०० (तिन करोड पैसठृी लाखपचपन्नहजार पाँच सय रुपैया) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts