नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम : Icon Khabar

काठमाडौं, मंसिर १५ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)लाई आज विश्राम दिइएको छ। लगातारको खेल तालिकापछि खेलाडीहरूलाई आज एक दिन आरामको समय प्रदान गरिएको हो।

यद्यपि, भोलि मङ्गलबार भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ। त्यसपछि दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्स ५ खेलमा ५ जितसहित १० अंकका साथ प्लेअफमा पुगिसकेको छ। आइतबारको खेलमा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई हराएसँगै अंक तालिका थप रोचक बनेको छ।

Published Date: 01 December 2025
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो