प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेपछि नयाँ कार्यवाहक सिइओ नियुक्त

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेपछि नयाँ कार्यवाहक सिइओ नियुक्त : Icon Khabar

काठमाडौँ, मंसिर १८ । प्रभु बैंकले नयाँ कार्यवाहक सिइओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ।

आइतबार बेलुकी ‍बैंकका सूचना अधिकारी रविन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै नयाँ कार्यवाहक सिइओ नियुक्त गरेको जानकारी दिएका हुन्।

बैंक सञ्चालक समितिले बैंकका वरिष्ठतम् कर्मचारी निरज लम्साललाई आइतबारबाटै लागू हुने गरी कार्यवाहक सिइओको जिम्मेवारी दिएको ढकालले जनाएका छन्।

बैंकको दैनिक कार्य सञ्चालनलाई निरन्तर, सहज र प्रभावकारी बनाउन लम्साललाई कार्यवाहक सिइओ बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ। त्यस्तै बैंकका सम्पूर्ण सेवाहरू देशभरका शाखामार्फत निर्वाध रूपमा सञ्चालन भइरहने व्यवस्था मिलाइएको बैंकले स्पष्ट पारेको छ।

आइतबार प्रभु बैंकका सिइओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ परेका छन्।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कर्जा अपचलन सम्बन्धी मुद्दा चलाइरहेकै समयमा बैंकका उच्च अधिकारीहरू पक्राउ परेका हुन्।

उनीहरू पक्राउ परेसँगै बैंकले लम्साललाई कार्यवाहक सिइओ तोकेको हो। ‘उक्त अनुसन्धानका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको बहोरा विश्वास दिलाउन चाहन्छौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2025
Website | + posts