शुक्रबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर ५ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुन तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ३१ सय रुपैयाँ कायम भएको हो ।

Published Date: 21 November 2025


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु