नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने

नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने : Icon Khabar

काठमाडाैं, कार्तिक २९ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ लागि नामिबियाका बाँयाहाते पेस बलर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ ।

यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरेको लुम्बिनीका लागि ट्रम्पलमन चाैथो विदेशी खेलाडी हुन् । लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्ट, इटालीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गरिसकेको छ ।

पेस बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गर्दै लुम्बिनी लायन्सले बलिङ लाइनअप बलियो बनाएको छ । २७ वर्षीय ट्रम्पलमनले नामिबियाका लागि ४९ एकदिवसीय अन्तर्राष्ट्रिय र ४४ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ७३ र टी२० अन्तर्राष्ट्रियमा ४९ विकेट लिएका छन् ।

टी२० विश्वकप २०२४ अन्तर्गत बार्बाडोसमा भएको ओमान विरुद्धको खेलमा उनले टी२० करियरका बेस्ट बलिङ गरेका थिए । जसमा उनले २१ रन खर्चेर ४ विकेट लिएका थिए ।

यस्तै टी-२० अन्तर्राष्ट्रियमा उनले २६७ रन समेत बनाएका छन् । जसमा ४६ रन उनको व्यक्तिगत उच्च स्कोर हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।

२०२५ अक्टोबरमा दक्षिण अफ्रिकासँगको टी-२० मा ऐतिहासिक जित निकाल्दा ट्रम्पलमनले महत्वपूर्ण ३ विकेट लिनुका साथै अविजित ११ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाको डर्बनमा जन्मिएका ट्रम्पलमन दक्षिण अफ्रिकाको डोमेस्टिक सिस्टमबाट आएका हुन् । तर आफ्नो बुबा जन्मेको देश नामिबियाका लागि खेल्न थालेपछि उनी चर्चामा आए ।

उनले सन् २०२१ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसयता उनी नामिबियाका मुख्य पेस बलरको रुपमा छन् । बायाँ हातले बलर उनीसँग धेरै भ्यारिएसन छ । उनी १४० किमी प्रति घण्टाको गतिमा बलिङ गर्न सक्छन् ।

रुबेनले तीन पटक टी-२० विश्वकप खेलेका छन् । उनीसँग नेपालमा आएर खेलेको अनुभव छ । लिग टु क्रिकेटमा उनले कीर्तिपुरमा आएर खेलिसकेका छन् । यस्तै उनले नेपाल भ्रमणमा नामिबियाले टी२० अन्तर्राष्ट्रिय खेल समेत खेलेको छ ।

लुम्बिनी लायन्स टिम

रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल

विदेशी खेलाडी : डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पलम्यान
ट्यालेन्ट हन्ट : समिर अली
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल

Published Date: 15 November 2025
Website | + posts




ताजा
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका फरार ७ जना पक्राउ
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न