स्वदेश फर्किए देउवा दम्पती

स्वदेश फर्किए देउवा दम्पती : Icon Khabar

काठमाडाैं, कार्तिक २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्किएका छन्।

जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसपछि उनीहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो।

जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए। उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

Published Date: 15 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर