आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने

आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने : Icon Khabar

काठमाडाैं, कार्तिक २९ । नेकपा (एमाले)ले आज देशका सबै जिल्लामा जनप्रदर्शन गर्दै छ । सबै जिल्लाका सदरमुकाम वा ठूला सहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

जनसभाका लागि एमाले महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङमा सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै, सचिव छविलाल विश्वकर्माले रुपन्देही र सचिव पद्मा अर्यालले बिर्तामोडमा जनसभालाई सम्बोधन गर्ने एमालेले जनाएको छ।

जनसभामा एमालेले तीन वटा मुद्दा उठाएको छ। पहिलो, संसद् पुनःस्थापना भनेको छ। दोस्रो, जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका अपराधिक घटनाको छानबिन गर्नुपर्ने माग गरेको छ। तेस्रो, जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने एमालेको मत छ।

यसअघि एमालेले कात्तिक २२ गते वडा भेला गरेको थियो। त्यसपछि कात्तिक २५ गते सबै स्थानीय तहमा प्रदर्शन तथा र्‍याली निकालेको थियो।

जनपरिचालन कार्यक्रम अन्तर्गत मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने भएको छ।

Published Date: 15 November 2025
Website | + posts




ताजा
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका फरार ७ जना पक्राउ
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न