नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस

नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस : Icon Khabar

काठमाडौँ, कात्तिक २१ । नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र (एनईएमआरसी–भूगर्भ विभाग)ले बिहीबार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास भारत सीमाक्षेत्र केन्द्रबिन्दु भएर स्थानीय रिक्टर स्केल अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

भूकम्पको प्रभाव दार्चुला आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा साना ठुला भूकम्पका झट्का अनुभव भइरहेका छन् । भूगर्भ विभागले नागरिकलाई सचेत रहन र आधिकारिक जानकारीका लागि विभागको सूचना अनुसरण गर्न आग्रह गरेको छ ।

Published Date: 07 November 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु