नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा

नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा : Icon Khabar

काठमाडौँ, कार्तिक १० । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा व्यहोर्नुपरेको छ । निर्यात भन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापारघाटा व्यहोरेको हो ।

भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ । यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ ।

त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा १ खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले १ खर्ब ४ अर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भारतपछि सबैभन्दा बढी व्यापारघाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानीस्तान, अर्जेनटिना, अस्टे«लिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठूलो व्यापारघाटा व्यहोरेको छ ।

नेपालले १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरुसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2025
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने