भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन

भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन : Icon Khabar

भक्तपुर, कार्तिक ९ । ऐतिहासिक सहर भक्तपुरमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल दिनानुदिन बढ्दै गएको छ। विशेषगरी चाडपर्व र विदाका दिनमा देशभरिबाट आन्तरिक पर्यटक आउँछन् भने सिजनअनुसार विदेशी पर्यटकहरूको आगमन पनि उल्लेखनीय रूपमा बढेको भक्तपुर नगरपालिकाले जनाएको छ।

जिवित संग्राहालयको रूपमा परिचित भक्तपुरमा रहेका पुराना मठमन्दिर, कलाकौशल, परम्परागत जीवनशैली र सम्पदाले पर्यटकलाई आकर्षित गरिरहेका छन्। नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र विभिन्न देशका ४७ हजारभन्दा बढी विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन्। अहिले दैनिक सरदर ९५० जना विदेशी पर्यटक आउँने गरेको तथ्यांकले देखाउँछ।

नगरप्रमुख सुनिल प्रजापतिका अनुसार अहिले पर्यटकीय सिजन भएकाले भ्रमणकर्ताको संख्या अझ बढिरहेको छ। उनका अनुसार असोज महिनाको पहिलो ६ दिनमै ५ हजार ७१८ विदेशी पर्यटकले भक्तपुर घुमेका छन्।

गत आर्थिक वर्षमा मात्र २ लाख ४४ हजार ८६८ विदेशी पर्यटकले भक्तपुरको विश्व सम्पदा क्षेत्र अवलोकन गरेका थिए। नगरपालिकाको प्रमुख आयस्रोत नै पर्यटकबाट उठाइने प्रवेश शुल्क हो। हाल भक्तपुरका १४ पर्यटन सेवा केन्द्रमार्फत विदेशी पर्यटकबाट प्रवेश शुल्क लिइन्छ।

नगरपालिकाका अनुसार सार्क देश र चिनियाँ पर्यटकसँग प्रति व्यक्ति ५ सय रुपैयाँ र गैर–सार्क देशका पर्यटकसँग २ हजार रुपैयाँ प्रवेश शुल्क लिइन्छ। उठाएको राजस्व सम्पदा संरक्षण, पुनर्निर्माण, सांस्कृतिक कार्यक्रम, सरसफाइ, शिक्षा, स्वास्थ्य र विकास योजनामा खर्च गरिन्छ।

गत आर्थिक वर्षमा मात्र प्रवेश शुल्कमार्फत २७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ। भक्तपुरमा आउने विदेशी पर्यटकमध्ये अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, भारत र चीनका पर्यटकको संख्या बढी रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2025
Website | + posts




ताजा
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने