बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो

बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २९ । साताको चौथो दिन बुधबार सेयरबजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा पनि कमी आएको छ ।

अघिल्लो दिन ३ अर्ब ३६ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएकोमा बुधबार ३ अर्ब १० करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । बुधबार कुल २४६ कम्पनीका सेयर कारोबार भएकोमा ४० कम्पनीको सेयरमूल्य बढेको छ । २०६ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ। सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्डको सूचक ०.२४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २.०९ प्रतिशतले गिरावट आएको छ । यस्तै, बैंकिङ समूह ०.५४, विकास बैंक समूह १.१४, फाइनान्स समूह १.१०, होटल तथा पर्यटन समूह १.०६, हाइड्रोपावर समूह १.१८, लगानी समूह ०.९८, जीवन बीमा समूह ०.७५, उत्पादन तथा प्रशोधन समूह ०.३९, माइक्रोफाइनान्स समूहको सेयर कारोबारमा ०.५६ प्रतिशतको गिरावट आएको छ । निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशतले घटेका छन् । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढेको छ ।

क्रेस्ट माइक्रोलाइफको ३.६२ र मातृभूमि लघुवित्तको ३.१३ प्रतिशतले बढेको छ । बुधबार दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । समाज लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2025
Website | + posts




ताजा
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन जारी, आज २३औं दिन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित