बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो

बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २९ । साताको चौथो दिन बुधबार सेयरबजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा पनि कमी आएको छ ।

अघिल्लो दिन ३ अर्ब ३६ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएकोमा बुधबार ३ अर्ब १० करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । बुधबार कुल २४६ कम्पनीका सेयर कारोबार भएकोमा ४० कम्पनीको सेयरमूल्य बढेको छ । २०६ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ। सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्डको सूचक ०.२४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २.०९ प्रतिशतले गिरावट आएको छ । यस्तै, बैंकिङ समूह ०.५४, विकास बैंक समूह १.१४, फाइनान्स समूह १.१०, होटल तथा पर्यटन समूह १.०६, हाइड्रोपावर समूह १.१८, लगानी समूह ०.९८, जीवन बीमा समूह ०.७५, उत्पादन तथा प्रशोधन समूह ०.३९, माइक्रोफाइनान्स समूहको सेयर कारोबारमा ०.५६ प्रतिशतको गिरावट आएको छ । निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशतले घटेका छन् । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढेको छ ।

क्रेस्ट माइक्रोलाइफको ३.६२ र मातृभूमि लघुवित्तको ३.१३ प्रतिशतले बढेको छ । बुधबार दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । समाज लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

Published Date: 15 October 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु