नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन जारी, आज २३औं दिन

नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन जारी, आज २३औं दिन : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल धितोपत्र बोर्डका कर्मचारीले आन्दोलन सुरु गरेको आज २३ दिन पुगेको छ। अर्थ मन्त्रालयले दिएको निर्देशन विरुद्ध कर्मचारीले आन्दोलन सुरु गरेका हुन्।

स्मरण रहोस् असोज ३ गते मन्त्रालयले दिएको उक्त निर्देशन नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आइतबार पेस गरिएको थियो। बोर्ड बैठकले गएका दिनमा भए गरेका निर्णयहरू हेरेर निर्णय गर्ने भन्दै आइतबारको बैठक टुङ्गिएको थियो। सोही कारण कर्मचारीले आफ्नो विरोधलाई निरन्तरता दिएका हुन्।

कर्मचारीहरूले बिहान कार्यालय समयको पहिलो १ घण्टा धर्ना बस्ने र दिनभर काम ठप्प (पेन डाउन) गर्ने गरिरहेका छन्। पेन डाउनका कारण धितोपत्र बोर्डको सबै दैनिक प्रशासनिक कामकाज ठप्प छ। जसले गर्दा निष्कासन अनुमति समेत अवरुद्ध हुन पुगेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो। अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारी २३ दिन देखि निरन्तर विरोधमा छन्।

Published Date: 15 October 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न