काठमाडौं, असोज १९ । शनिबार र आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । जसमध्ये इलाममा २७ जनाको ज्यान गएको छ । ५ जना बेपत्ता छन् । उदयपुरमा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । पाँचथरमा ६ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
सोहीअनुसार मधेसको रौतहटमा ३ जनाको ज्यान गएको छ । बारामा एक जना बेपत्ता भएका छन् । त्यस्तै, बागमतीको रसुवामा ४ जना बेपत्ता भएका छन् । त्यस्तै काठमाडौेंमा एक जना बेपत्ता भएका छन्, मकवानपुरमा १ जना घाइते भएका छन् । पानी पर्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
Published Date: 05 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news