सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त

सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त : Icon Khabar

काठमाडौं, असोज १९ । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ।

नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ ।

संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।

Published Date: 05 October 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड