भक्तपुर, असोज १९ । भक्तपुरमा साइकल संस्कृतिको प्रवर्द्धन र वातावरणमैत्री जीवनशैलीका लागि साइकल कनेक्ट भक्तपुर र जेन्युन सेकेण्डरी स्कुल, देकोचा बीच शुक्रबार एक महत्वपूर्ण साझेदारी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा दुवै संस्थाले दीगो विकास, वातावरणमैत्री अभ्यास र स्थानीय समुदायलाई लाभ पुर्याउने कार्यक्रमहरूलाई संयुक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
सम्झौता अनुसार, जेन्युन स्कुलमा विद्यार्थीहरूको सहभागितामा “Genuine Cycle Connect” नामक समूह गठन गरिनेछ, जसले साइकल कनेक्ट भक्तपुरको प्राविधिक सहयोगमा साइकल संस्कृति सम्बन्धी चेतना अभिवृद्धि गर्ने, प्रशिक्षण कार्यक्रम, र विभिन्न प्रेरणादायी गतिविधिहरू सञ्चालन गर्नेछ। साथै विद्यालयले आवश्यकताअनुसार CCB का कार्यक्रमहरूमा सहयोग पनि गर्नेछ।
सम्झौतामा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्मचार्य र जेन्युन स्कुलका ई.सी.ए. कोअर्डिनेटर न्हुजमान बिजुक्छेले हस्ताक्षर गरेका थिए।
सम्झौता पश्चात बोल्दै अध्यक्ष कर्मचार्यले भने,“जेन्युन स्कुलले हामीप्रति देखाउनुभएको विश्वासप्रति हामी आभारी छौं। स्थापना कालदेखि नै साइकल कनेक्ट भक्तपुरले स्थानीय समुदायसँग हातेमालो गर्दै सामुदायिक स्तरमै साइकल संस्कृतिलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य लिएको हो। जेन्युन स्कुलसँगको यो सहकार्यले त्यस यात्रामा थप ऊर्जा र विश्वास थपेको छ।”
त्यसैगरी विद्यालयका ई.सी.ए. कोअर्डिनेटर न्हुजमान बिजुक्छेले भने ,“हामीले साइकल कनेक्ट भक्तपुरका विभिन्न गतिविधिहरू नजिकबाट अवलोकन गर्दै आएका छौं। अब हामी अझ नजिक भएर विद्यार्थीहरूलाई पर्यावरणमैत्री र स्वस्थ जीवनशैली तर्फ थप प्रेरित गर्न कार्यक्रमहरू हुने विश्वास राख्छौं।”
कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका प्रतिनिधिहरू, जेन्युन स्कुलका शिक्षक, सञ्चालक र विद्यार्थीहरूको उपस्थितिमा सम्झौता औपचारिक रूपमा सम्पन्न गरिएको थियो। यस सहकार्यले भक्तपुरमा संस्थागत समन्वय र सहकार्यबाट साइकल संस्कृतिलाई बलियो बनाउने नयाँ मार्ग खोलेको सहभागीहरू व्यक्त गरेका छन्।
Published Date: 05 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news