आशिर्वाद र सुखको दशैं टीका ( कविता )

आशिर्वाद र सुखको दशैं टीका ( कविता ) : Icon Khabar
काठमाडौं, असोज १६ ।
रंगीचंगी फूलहरुले ढाकेको त्यो आवरण
चार‌ैतिर फिँजिएको रमाइलो वातावरण
वसन्त पछि चराचुरुङ्गीको चिरविर
माैलिक संस्कृतिमा रमाउने त्यो तस्बिर
सुख समृद्धिको त्यो घटस्थापना
एकले अर्कोलाई शुभकामना
बच्चादेखि बृद्धा सबैमा हुन्छ रमाइलो
आकाशमा रंगीचंगी चङ्गाको घमाइलो
वसन्तपछि फुल्छन् अनेकौं जातका फूल
कतै बिर्सेका त छैनन् प्रकृतिले आफ्नो भुल
हिमाल नि मख्ख छन् हिउँ जम्ने आशामा
मयुर नाच्छ समृद्धिको लहर ल्याउने तराईमा
रंगीचंगी फूलहरुको रस चुस्ने भमरा
सुख शान्ति र समृद्धिको त्यो जमरा
आशिर्वाद र सुखको दशैं टीका
निधार रंगाई समृद्धिको कामना
गाउँघरमा भित्रिएको युवाको साथ
अब क्षणिक हुनुहुन्न समृद्धिको हात
हरियाली स्रोतसाधनको मनमोहक
समृद्धि र शान्तिपुर्ण अबको चमक
Published Date: 02 October 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर