युवा परिवर्तनको लागि गर्छन् नयाँ सृष्टि (कविता)

युवा परिवर्तनको लागि गर्छन् नयाँ सृष्टि (कविता) : Icon Khabar

भक्तपुर, भदौ २८ । गुट उपगुटले ध्वस्त बनाउन लागेको त्यो नेपालय
अनियमितता र भ्रष्टाचार रोक्न नयाँ पुस्ताको उदय

शासनसत्ता चलाउनेहरु दक्षिणी सरकारप्रति बफादार
फर्केर आएको जस्तो लाग्यो नेपालमा देशभक्त ईमानदार

भ्रष्टाचार विरुद्ध हतियार विहिन त्यो युद्ध
आज अवस्था परिवर्तनमा जन्मेका छन् बुद्ध

युवा हुनुको आवश्यक छ र बारम्बार पुष्टि ?
युवा परिवर्तनको लागि गर्छन् नयाँ सृष्टि

सिंहदरबार, संसद भवन, अदालत जलाए
राष्ट्रियता र देशभक्तिपूर्ण भावनामा हराए

विश्वकै क्रान्तिमा भएको यो अदभूत
परिवर्तनमा स्वीकार्य छैन वैदेशिक दुत

बन्द नगराैं नयाँ पुस्ताको देशभक्त बोली
असहज हुन सक्छ जनताको जीवन भोलि

देश बाँडीचुँडी गर्नेहरुको षड्यन्त्र गर्नुछ चिरफार
समृद्ध देशको लागि रोक्ने विरुद्ध गर्नुछ उपचार

समृद्ध देशको लागि स्रोत साधनको खोजनीति
तिमीले गरेर बनाउनुछ देशभक्त युवा नीति

लथालिङ्गमा सचेत रहाैं वैदेशिक हस्तक्षेप विरुद्ध
एकले अर्कोलाई आक्षेप लगाई नबनाैं क्रुद्ध

लेखक: सत्यराम कासिछ्वा

Published Date: 13 September 2025
सत्यराम कासिछ्वा
+ posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?