सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न गृह मन्त्रालयको निर्देशन

सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न गृह मन्त्रालयको निर्देशन : Icon Khabar

काठमाडौं, असोज १८ । अविरल वर्षासँगै बढ्दो बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले जोखिममा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

शनिबार जारी निर्देशनमा मन्त्रालयले सबै जिल्लाका सिडिओहरूलाई विपद् व्यवस्थापनमा सक्रिय रहन, र राजमार्गमा रोकिएका यात्रु तथा सवारी साधनको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आह्वान गरेको हो ।

राजमार्गमा रोकिएका सवारी साधनहरूलाई सडक तथा मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन र यात्रुहरूका लागि स्थानीय तह तथा संघसंस्थासँगको समन्वयमा खानपानको व्यवस्था गर्न निर्देशन दिइएको छ।

एम्बुलेन्सलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने र बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ ।

यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानीय पालिकासँगको समन्वयमा विद्यालय वा सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि निर्देशन जारी गरिएको छ । सम्भावित विपद्को पूर्वतयारी र शीघ्र प्रतिकार्यमा सरकारी संयन्त्रलाई सक्रिय बनाउन गृहले यस्तो निर्देशन दिएको हो ।

Published Date: 04 October 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली