दशैंमा नागढुंगा सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी, अहिले सुरुङमार्ग परीक्षण हुँदै

दशैंमा नागढुंगा सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी, अहिले सुरुङमार्ग परीक्षण हुँदै : Icon Khabar

काठमाडौँ, असोज ९ । दशैंमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएकाे छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ ।

‘मुख्य सुरुङको परीक्षण भइसक्यो । अब फ्लाइओभरको परीक्षण हुँदै छ,’ पन्थीले भने, शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ ।’

साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए ।

साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि उनले बताए ।

गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए । साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ ।

दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।

Published Date: 25 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी