अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असोज ९ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । युक्रेनले रुसी उर्जा पूर्वाधारमा आक्रमण गरेसँगै आपूर्तिमा अवरोध आउने आँकलनसँगै लगानीकर्ताले प्रफिट बुक गर्दा तेलको मूल्य घटेको हो ।

आज डब्लूटीआई क्रुडको मूल्य ०.४३ प्रतिशत अर्थात ०.२८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६४.७१ डलरमा कारोबार भईरहेको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.३८ प्रतिशत अर्थात ०.२६ डलरले ओरालो लाग्दै प्रतिब्यारेल ६९.०५ डलरमा सीमित बनेको छ । अघिल्लो सेसनमा यी दुवै बेन्चमार्क २.५ प्रतिशतले बढेका थिए ।

विगत केही सातादेखि युक्रेनले रुसका रिफाइनरी र निर्यात केन्द्रहरुलाई लक्षित गरी ड्रोन आक्रमण जारी राखेको छ । यसले रुसबाट हुने कच्चा तेलको आपूर्तिमा समस्या उत्पन्न हुने चिन्ता बढेको छ ।

Published Date: 25 September 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग