काठमाडौँ, असोज ९ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १३ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको सुनको भाउ आज भने घटेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १७ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक तोला सुनको भाउ २ लाख २३ हजार कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ६८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Published Date: 25 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1