होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्ब रुपैयाँ बराबर

होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्ब रुपैयाँ बराबर : Icon Khabar

काठमाडौं, भदौ २७ । सोमबारको जेन-जी आन्दोलनपछि मंगलबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले देशभरका होटल उद्योगमा ठूलो क्षति पुर्‍याएका छन्।

नेपाल होटल संघ (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ। यसरी तोडफोड र आगजनीमा परेको सम्पत्तिको अनुमानित मूल्य २५ अर्ब रुपैयाँ बराबर रहेको छ।

हानका अनुसार सबैभन्दा धेरै होटल व्यवसाय काठमाडौं र पोखरामा क्षति भएका छन्। यी दुई शहरपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटल उद्योग प्रभावित भएका छन्। आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ।

प्रभावित होटलहरु यस सिजनमा सञ्चालनमा आउन नसक्ने हानको भनाइ छ। प्रारम्भिक विवरणअनुसार क्षति भएका होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न