राष्ट्रिय हितका लागि काम गर्न तयार छु: सुशीला कार्की

राष्ट्रिय हितका लागि काम गर्न तयार छु: सुशीला कार्की : Icon Khabar

काठमाडौं, भदौ २६ । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् ।

भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्‍यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’

न्यूज १८ अनलाइनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै उनले भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन् ।

विद्यार्थी जीवन सम्झँदै उनले थपिन्, ‘मैले बीएचयूमा पढें । भारतमा मेरा धेरै साथीहरू छन् । म अझै पनि बीएचयूका शिक्षकहरू सम्झिन्छु । भारतसँगको सम्बन्ध धेरै राम्रो छ र यो सम्बन्ध वर्षौं पुरानो हो । भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन् ।’

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिएकी थिइन् ।

उनले न्यूज १८ सँगको एक प्रश्नमा उनले आफूले काम गर्ने सवालमा सामूहिकतामा विश्वास गर्ने बताएकी छन् । आफूले सर्वोच्च अदालतमा काम गर्ने बेलामा पनि सामूहिक रुपमा काम गरेको उनले स्मरण गरेकी छन् ।

आफ्नो मुख्य काम ताजा जनादेशका लागि चुनाव गराउने भए पनि सुरुमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाका परिवारप्रति केही न केही गर्ने गर्ने उनले बताएकी छन् ।

Published Date: 11 September 2025


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु