सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च : Icon Khabar

काठमाडौँ, भदौ १५ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ। आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Published Date: 31 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै