रुपन्देही–३ उपनिर्वाचन : रास्वपाका आकांक्षी उम्मेदवारले रविलाई भेट्दै

रुपन्देही–३ उपनिर्वाचन : रास्वपाका आकांक्षी उम्मेदवारले रविलाई भेट्दै : Icon Khabar

काठमाडौँ, भदौ १५ । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका आकांक्षी उम्मेदवारहरूले आज (आइतबार) पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

पार्टीले उम्मेदवार घोषणाअघि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाले नौं आकांक्षीहरूमध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ । आज उम्मेदवार घोषणा हुने भएकाले आकांक्षीहरु त्यसअघि नै सभापति लामिछानेलाई भेट्न जाने रास्वपा नेताहरुले जानकारी दिएका छन् ।

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए । छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् ।

कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् । रुपन्देही–३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्ति १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

Published Date: 31 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै