वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत

वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत : Icon Khabar

काठमाडौं, भदौ १० । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगञ्जबाट ल्याएर परीक्षण गरेका बिरामीका नमुनाहरूमा हैजा पुष्टि भएको छ ।

प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट भोलि आउनेछ ।

‘हामीले अहिले सब कल्चर प्रक्रियाबाट पुष्टि गरिसकेका छौँ, बाँकी दुई नमुनामा पनि सम्भवतः पोजिटिभ नै आउला,’ डा. भट्टले भने ।

राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले स्थानीय अस्पतालबाट प्राप्त बिरामीका नमुनामा परीक्षण गरेको हो ।

विभिन्न अस्पतालमा भएका बिरामीको नमुना ल्याइएको थियो । ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा फैलिरहेको संकेत गरेको डा. भट्टको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2025
Website | + posts