सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान

सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान : Icon Khabar

काठमाडौँ, भदौ १० । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ।

सोमबार महासंघका महासचिव भरत नेपालले विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेका हुन्।

बिना पूर्वाधार विदेशी प्रविधि भित्र्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिने महासंघले जनाएको छ।

‘सरकार, प्रत्यक्ष सरोकारहरु पक्षहरूबीचको छलफल संवादबीच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारबिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडा नगर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा हुँदा राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने महासंघको भनाइ छ।

अर्कातर्फ जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजिए आन्दोलन गर्ने महासंघले जनाएको छ।

भदौ ३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने बताएको थियो।

Published Date: 26 August 2025
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय