अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर : Icon Khabar

सिड्नी, साउन १९ । अस्ट्रेलियाली प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ ।

सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्यरुपमा सूचना सङ्कलन गरिरहेकी थिइन् । नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन्।

अस्ट्रेलियाली सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भने, “चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पुर्‍याउने उद्देश्यले यो गतिविधि गरिएको हामीले अभियोग दर्ता गरेका छौँ । गत साता क्यानबेराका केही घरमा प्रहरीले छापा मारेपछि ती महिलालाई पक्राउ गरी ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोग लगाइएको थियो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छापा मार्ने क्रममा इलेक्ट्रोनिक सामग्रीलगायत थुप्रै सामान जफत गरिएको छ भने थप अनुसन्धानका लागि फरेन्सिक परीक्षण गरिनेछ । विदेशी हस्तक्षेपमा बढीमा १५ वर्षको जेल सजाय हुन सक्छ । – रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2025
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)