पोल्याण्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि

पोल्याण्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि : Icon Khabar

काठमाडौँ, साउन १९ । पोल्याण्डले इटलीलाई सोझो सेटमा पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२५ को उपाधि जितेको छ । चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्याण्डले युरोरोपियन प्रतिद्वन्दी इटलीलाई ३-० को सेटमा हराएर च्याम्पियन बनेको हो ।

पोल्याण्डले इटलीलाई २५-२२, २५-१९, २५-१४ ले हरायो । फाइनल खेलमा पहिलो सेट केही प्रतिस्पर्धात्मक बनेपछि पोल्याण्डले सेट आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । त्यसपछि पोल्याण्डले खेलमा दबाब बनाउँदै दुई सेट सहजै जित्यो ।

पोल्याण्डले इटलीलाई चार स्कोरिङ क्षेत्रमध्ये तीनमा पछि पारेको थियो । स्पाइक किल्समा पोल्याण्ड ३७-२७ ले अघि थियो भने ब्लक किल्समा १०-६ र एसमा ४-३ ले अघि रह्यो ।
अनफोर्ट्स एरर्समा इटली भन्दा पोल्याण्डले कम गल्ती गरेको थियो । इटलीले २५ अनफोर्स एरर्स गर्दा पोल्याण्डले १८ मात्र गल्ती गरेको थियो ।

Published Date: 04 August 2025


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग