पोल्याण्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि

पोल्याण्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि : Icon Khabar

काठमाडौँ, साउन १९ । पोल्याण्डले इटलीलाई सोझो सेटमा पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२५ को उपाधि जितेको छ । चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्याण्डले युरोरोपियन प्रतिद्वन्दी इटलीलाई ३-० को सेटमा हराएर च्याम्पियन बनेको हो ।

पोल्याण्डले इटलीलाई २५-२२, २५-१९, २५-१४ ले हरायो । फाइनल खेलमा पहिलो सेट केही प्रतिस्पर्धात्मक बनेपछि पोल्याण्डले सेट आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । त्यसपछि पोल्याण्डले खेलमा दबाब बनाउँदै दुई सेट सहजै जित्यो ।

पोल्याण्डले इटलीलाई चार स्कोरिङ क्षेत्रमध्ये तीनमा पछि पारेको थियो । स्पाइक किल्समा पोल्याण्ड ३७-२७ ले अघि थियो भने ब्लक किल्समा १०-६ र एसमा ४-३ ले अघि रह्यो ।
अनफोर्ट्स एरर्समा इटली भन्दा पोल्याण्डले कम गल्ती गरेको थियो । इटलीले २५ अनफोर्स एरर्स गर्दा पोल्याण्डले १८ मात्र गल्ती गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2025
Website | + posts