प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा

प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा : Icon Khabar

काठमाडौँ, साउन १८ । हमासले प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने घोषणा गरेको छ।

हमासले विज्ञप्ती जारी गरेर प्यालेस्टाइन स्वतन्त्र देश स्थापित नहुँदासम्म हतियार नबिसाउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘ जबसम्म प्यालेस्टाइन स्वतन्त्र देश बन्दैन, हाम्रो संघर्ष जारी रहनेछ,’ हमासले भनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफले शुक्रबार गजाको भ्रमण गरेका थिए। गजामा मानवीय संकटको अवलोकन गर्न विटकोफ त्यहाँ पुगेका थिए।

उनले हमासले चाँडै हतियार बिसाउने संकेत गरेको भनेका थिए। युद्धविरामका लागि इसराइलले बारम्बार राख्दै आएको सर्त पनि हमासले हतियार बिसाउनुपर्छ भन्ने नै हो।

अरब राष्ट्रहरुले पनि केही दिनअघि हतियार त्याग्न र गजाको प्रशासनिक नियन्त्रण फिर्ता गर्न आग्रह गरेको थियो भनेर बिबिसीले लेखेको छ।

तर हमासले त्यो प्रस्ताव अस्वीकार गर्दै संघर्ष जारी रहने भनेको हो।

यसबीच, इसराइल र हमासबीच अप्रत्यक्ष रूपमा चलिरहेको युद्धविराम तथा बन्धक मुक्तिका लागि भएको वार्ता गत हप्तादेखि रोकिएको छ।यता, फ्रान्स, क्यानडा लगायत केही पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने तयारी गरिरहेका छन्।

बेलायतले पनि सेप्टेम्बरसम्म इसराइल आवश्यक सर्त मानेर युद्धविरामका लागि तयार नभए प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरिसकेको छ।

इसराइलको तर्फबाट भने अहिले वार्तालाई पुनः सुरु गर्नेबारे कुनै ठोस घोषणा भएको छैन।

गाजामा युद्धविराम ल्याउने कूटनीतिक प्रयास फेरि अनिश्चित बनेको छ।

युद्धविराम निष्कर्षमा नपुग्दा गजामा लाखौं मानिसहरू भोकमरीको समस्यासँग जुधिरहेका छन्।

मानवीय संकटको भयावह स्वरूप देखिन थालेपछि इसराइलले केही दिन यता गजामा खाद्यान्न सहायताका लागि बाटो खोलिदिएको छ।

Published Date: 03 August 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी