आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १८ । स्थानिय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

पछिल्लो दुई कारोबारमा घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार भने एक तोला सुनको मूल्य १ लाख ९३ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2025
Website | + posts