कसपाल र थापाका तीन नयाँ नेपाली गीतहरु यहि शुक्रबार लोकार्पण हुने

कसपाल र थापाका तीन नयाँ नेपाली गीतहरु यहि शुक्रबार लोकार्पण हुने : Icon Khabar

काठमाडौं, साउन १४ । राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत यही साउन १६ गते शुक्रबार एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने भएको छ। होटल शंकरमा आयोजना हुने कार्यक्रममार्फत तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको लोकार्पण गरिनेछ।

गायक तथा गीतकार कपिल कसपाल र समाजसेवी गायिका टुना थापाको आवाजमा रेकर्ड गरिएका यी गीतहरूको निर्माण सम्पन्न भइसकेको र गीत लोकार्पण कार्यक्रमको आयोजना गरिने संस्थाकी अध्यक्ष पार्वती श्रेष्ठले आइकन खबरलाई जानकारी दिइन्।

कसपालले यी तीनवटै गीतहरू आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन्।

कार्यक्रममा गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टालाई सम्मान गरिनेछ भने संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व, पत्रकार तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहनेछ।

यी गीतहरू चाँडै नै यूट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा सार्वजनिक गरिने रागरागिनीले जानकारी दिएको छ।

Published Date: 30 July 2025


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी