रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु, प्रथम चरणअन्तर्गत बेलीब्रिज निर्माण हुँदै

रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु, प्रथम चरणअन्तर्गत बेलीब्रिज निर्माण हुँदै : Icon Khabar

रसुवा, साउन ११ । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो ।

चीन सरकारले आइतबारबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली पक्षको उच्चस्तरीय टोलीले मितेरी पुल क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा दुवै देशका अधिकारीहरूबीच निर्माणस्थलमै भर्चुअल बैठक सम्पन्न भएको र त्यस बैठकमा बाढीपछिका उद्धार तथा राहतका काम, पुनर्निर्माणको प्राथमिकता र स्थायी संरचनाको योजना विषयमा विस्तृत छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

उनका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, शीघ्र गतिमा सुरु भएको यो अस्थायी पुल निर्माणले स्थानीय बासिन्दा, व्यापारी र सीमा पारका सेवाग्राहीहरूलाई अत्यावश्यक आवागमनमा तत्कालीन राहत दिने अपेक्षा गरिएको छ । स्थायी पुलको पुनर्निर्माणको प्रक्रिया पनि दुवै देशको उच्च प्राथमिकतामा रहेको जानकारी दिइएको छ ।

बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।

Published Date: 27 July 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न