बुधबार नेप्से परिसूचकमा झिनो वृद्धि

बुधबार नेप्से परिसूचकमा झिनो वृद्धि : Icon Khabar

काठमाडौं, असार ११ । बुधबार नेप्से परिसूचकमा २.५५ अंकको झिनो वृद्धि मात्र देखिएको छ । यससँगै सूचक २६०३.०८ विन्दुमा बन्द भएको छ ।

आज ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मात्र सेयर खरिद बिक्री भएको छ । २ वटा कम्पनीको भाउ सकारात्मक सर्किट लेभल नजिक रहेको छ । यस्तै, अर्का २ वटा कम्पनीको भाउ नकारात्मक सर्किट लेभलमा रहेको छ ।

आज ३ सय ११ कम्पनीको १ करोड ३७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 25 June 2025
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)