बुधबार नेप्से परिसूचकमा झिनो वृद्धि

बुधबार नेप्से परिसूचकमा झिनो वृद्धि : Icon Khabar

काठमाडौं, असार ११ । बुधबार नेप्से परिसूचकमा २.५५ अंकको झिनो वृद्धि मात्र देखिएको छ । यससँगै सूचक २६०३.०८ विन्दुमा बन्द भएको छ ।

आज ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मात्र सेयर खरिद बिक्री भएको छ । २ वटा कम्पनीको भाउ सकारात्मक सर्किट लेभल नजिक रहेको छ । यस्तै, अर्का २ वटा कम्पनीको भाउ नकारात्मक सर्किट लेभलमा रहेको छ ।

आज ३ सय ११ कम्पनीको १ करोड ३७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत कम्पनी रहेका छन् ।

Published Date: 25 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग