छिटो कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई ध्यानाकर्षण पत्र

छिटो कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई ध्यानाकर्षण पत्र : Icon Khabar

काठमाडौं, असार ११ । बजेट तर्जुमा समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र पठाएको छ । समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको हो ।

‘काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,’ पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/०८३ को बजेटको सीमा निर्धारणका लागि बैठक आह्वान गर्न तथा आर्थिक वर्षको वार्षिक बजेट समेत नगरसभासमक्ष पेस गर्नुपर्ने अनिवार्य छ । त्यसैले बैठक आह्वानको लागि अनुरोध गरेका छाैँ ।’

नगरसभाबाट आर्थिक वर्षको बजेट समयसीमा भित्र पारित नहुदाँ महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरीकले प्राप्त गर्ने भत्ता, फोहरमैला संकलन तथा विसर्जनमा साउन १ गतेबाट बजेट अभाव भए असर पर्ने पत्रमा उल्लेख छ ।

‘बैठक आह्वान गरी महानगरपालिकाको विकास निर्माणका योजना, राजश्व संकलन तथा पारिश्रमिक तथा सामाजिक दायित्व निर्वाह गर्ने कार्यका लागि प्रमुखज्यूलाई ध्यानाकर्षण गर्दछौँ,’ पत्रमा भनिएको छ । समितिको संयोजक उपमेयर सुनिता डंगोल र सदस्यमा १५ जना कार्यपालिका सदस्य छन् ।

Published Date: 25 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग