आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने

आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, असार १० । आइकन मिडिया हाउस प्रा. लि. र आइकन खबर डटकमको आयोजनामा यहि असार १४ गते शनिबारको दिन “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८२ ” हुने भएको छ।

भक्तपुर जिल्लाको झौखेल वडा नं ३ मा उक्त कार्यक्रम हुन लागेको हो। असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानी सहित खनजोत गरेर हिल्याएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । कम्पनीले यहि कुरालाई मध्यनजर गर्दै हरेक वर्ष सो कार्यक्रम भक्तपुरको विभिन्न ठाउँमा गर्दै आएको छ।

यस पटकको कार्यक्रममा वरिष्ठ लोक गायिका गीतादेवी लगायतका विभिन्न लोकप्रिय व्यक्तिहरुको उपस्थिति हुने कम्पनीका प्रबन्ध निर्देशक अमित श्यामाले जानकारी दिए।

नेपाल कृषिप्रधान मुलुक भएकोले कृषि अन्तर्गतको धान रोपाईं पनि एक महत्वपूर्ण कार्य भएको कुरालाई मनन् गर्दै सो मिडिया हाउसले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

पछिल्लो समयमा कृषिजन्य कार्य गर्नका लागि आवश्यक जग्गा जमिन विशेषत: काठमाडौँ उपत्यकामा घट्दै गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई यस प्रति त्यति चासो नभएको कुरालाई ध्यानमा राखी उक्त मिडिया हाउसले नयाँ पुस्तालाई पुर्णजागरन गर्नका लागि युवाहरुकै सहभागितामा आजको कार्यक्रम सम्पन्न गरेको हो।

रोपाई जात्रालाई अझ धेरै रोचक र रमाइलो बनाउनका लागि भक्तपुरको आरम्भ वाद्यशालाका युवा वाद्यवादकहरुले नेवा समुदायको प्रचलित बाँसुरी बाजा बजाउने छन्। कार्यक्रमका लागि सहयोग गर्ने संस्थाहरुमा लक्ष्मी चिउरा उद्योग भोलाछें, आर एस जुजु धौ सप्लायर्स, महाकालीस्थान ब्यासी, ट्रेङ्गल फोटो स्टुडियो, जिरो वान स्टुडियो रहेका छन्।

कार्यक्रम बिहान १० बजेदेखि सुरू हुनेछ। आइकन मिडिया हाउस प्रालिले नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकम संचालन गर्दै आएको छ। त्यसैगरी मिडियाका विभिन्न कार्यहरु पनि गर्दै समाजलाई सकारात्मक दिशानिर्देशन गर्दै आएको छ।

Published Date: 24 June 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता