मंगलबार नेप्से परिसूचक देखियो लगभग स्थिर

मंगलबार नेप्से परिसूचक देखियो लगभग स्थिर : Icon Khabar

काठमाडौं, असार १० । सेयर बजार मंगलबार लगभग स्थिर जस्तै देखिएको छ ।

नेप्से परिसूचक मंगलबार १.०८ विन्दुले बढेर २६०१.८४ अंकमा बन्द भएको छ । आज ५ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर कारोबार भएको छ । मंगलबारको सुरुवाती कारोबारमा करिब ३० अंकले बढेपनि नेप्सेको वृद्धि टिक्न सकेन ।

आज ३ सय १६ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनर परेका छन् ।

Published Date: 24 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग