मंगलबार नेप्से परिसूचक देखियो लगभग स्थिर

मंगलबार नेप्से परिसूचक देखियो लगभग स्थिर : Icon Khabar

काठमाडौं, असार १० । सेयर बजार मंगलबार लगभग स्थिर जस्तै देखिएको छ ।

नेप्से परिसूचक मंगलबार १.०८ विन्दुले बढेर २६०१.८४ अंकमा बन्द भएको छ । आज ५ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर कारोबार भएको छ । मंगलबारको सुरुवाती कारोबारमा करिब ३० अंकले बढेपनि नेप्सेको वृद्धि टिक्न सकेन ।

आज ३ सय १६ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2025
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)