सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्छ: गृहमन्त्री लेखक

सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्छ: गृहमन्त्री लेखक : Icon Khabar

काठमाडौँ, असार १० । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले जेठ ३० मा भएको दुईबुँदे सहमतिको स्मरण गर्दै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनाइ राखे । अख्तियारको अहिलेको छानबिन र अनुसन्धानमा यो समितिले असर नगर्ने गरी काम गर्ने मन्त्री लेखकले बताए ।

‘अध्यागमनमा केही समस्या छन् । केही हिजो थिए, केही आज देखा परे । विदेश जाने आउनेलाई सहजीकरण गर्ने विषयमा समाधान गर्न सरकार गम्भीर छ,’ उनले भने ।

हिजो नेपाल सरकारले समितिको प्रतिवेदन आएपछि समग्र रुपमा सुधारका काम सुरु हुने उनले बताए । ‘यो समितिले विषय र समस्याको ठिक ढंगले पहिचान गरी अल्पकालीन दीर्घकालीन सुधारको प्रतिवेदन पेस गर्नेछ,’ उनले भने ।

भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2025
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)