सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्छ: गृहमन्त्री लेखक

सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्छ: गृहमन्त्री लेखक : Icon Khabar

काठमाडौँ, असार १० । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले जेठ ३० मा भएको दुईबुँदे सहमतिको स्मरण गर्दै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनाइ राखे । अख्तियारको अहिलेको छानबिन र अनुसन्धानमा यो समितिले असर नगर्ने गरी काम गर्ने मन्त्री लेखकले बताए ।

‘अध्यागमनमा केही समस्या छन् । केही हिजो थिए, केही आज देखा परे । विदेश जाने आउनेलाई सहजीकरण गर्ने विषयमा समाधान गर्न सरकार गम्भीर छ,’ उनले भने ।

हिजो नेपाल सरकारले समितिको प्रतिवेदन आएपछि समग्र रुपमा सुधारका काम सुरु हुने उनले बताए । ‘यो समितिले विषय र समस्याको ठिक ढंगले पहिचान गरी अल्पकालीन दीर्घकालीन सुधारको प्रतिवेदन पेस गर्नेछ,’ उनले भने ।

भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

Published Date: 24 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग