उच्चस्तरीय अध्ययन एवं छानबिन समिति पदाधिकारीहरूको नामावली

उच्चस्तरीय अध्ययन एवं छानबिन समिति पदाधिकारीहरूको नामावली : Icon Khabar

काठमाडौं, असार १० । सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको जानकारी प्रतिनिधिसभामा गराएको छ ।

पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिको नामावली प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकले जानकारी गराएका छन् ।

गृहमन्त्री लेखकका अनुसार वैरागीको संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् ।

समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2025
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)