सांसद सुवालद्वारा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको खोजी

सांसद सुवालद्वारा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको खोजी : Icon Khabar

काठमाडौँ, असार ८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्री बैठकमा बस्ने वातावरण बनाउन सभामुखसँग आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु’, सुवालको भनाइ छ । उनले भिजिट भिसाको छानबिन गर्न ढिलाइ नगर्न सुवालको सरकारसँग माग छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एव उपराष्ट्रपतिको कार्यालयलगायत अन्य मन्त्रालयका लागि विनियोजित विधेयकमाथि छलफल हुँदैछ ।

Published Date: 22 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी