सांसद सुवालद्वारा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको खोजी

सांसद सुवालद्वारा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको खोजी : Icon Khabar

काठमाडौँ, असार ८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्री बैठकमा बस्ने वातावरण बनाउन सभामुखसँग आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु’, सुवालको भनाइ छ । उनले भिजिट भिसाको छानबिन गर्न ढिलाइ नगर्न सुवालको सरकारसँग माग छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एव उपराष्ट्रपतिको कार्यालयलगायत अन्य मन्त्रालयका लागि विनियोजित विधेयकमाथि छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2025
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)