मनसुन भित्रिएसँगै सङ्क्रामक रोगहरूको जोखिम बढ्यो

मनसुन भित्रिएसँगै सङ्क्रामक रोगहरूको जोखिम बढ्यो : Icon Khabar

काठमाडौँ, असार ८ । मनसुन भित्रिएसँगै सङ्क्रामक रोगहरूको जोखिम बढ्न थालेको छ । पछिल्लो दुई सातायता डेंगु, झाडापखला, रुघाखोकी, ज्वरो, कोभिड र सर्पदंशका बिरामीहरूको चाप अस्पतालमा देखिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष तुलनात्मक रूपमा बढी पानी पर्न सक्ने आकलन गरेको छ, जसले सरुवा रोगहरू बढी मात्रामा फैलिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।

राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक बिरामीको चाप बढ्न सुरु भएको देखिएको छ ।

यहाँ औसतमा १२ देखि १५ जना झाडापखालाका, करिब २५ जना ज्वरो रुघाखोकीका र १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि पुग्न थालेका अस्पताल प्रशासन बताउँछ । यस्ता बिरामीहरू काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूका बढी छन् ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मौसम परिवर्तनसँगै सरुवाजन्य रोगका बिरामी आउन थालेका बताए ।

Published Date: 22 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग