भक्तपुरमा औद्योगिक व्यापार मेला सुरु

भक्तपुरमा औद्योगिक व्यापार मेला सुरु : Icon Khabar

भक्तपुर, असार ६ । भक्तपुर उद्येग वाणिज्य संघको आयोजनामा जिल्लामा शुक्रबारदेखि भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा व्यापार मेला सञ्चालन गरिएको हो । मेलाको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राज्यको गलत नीतिका कारण काठमाडौं उपत्यका वातावरणीय दृष्टिकोणले विनाशतर्फ अगाडि बढेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष सुरकृष्ण वैद्य, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जा,भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले आ आफ्नो मन्तव्य राखेका थिए।

Published Date: 20 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर