भक्तपुरमा औद्योगिक व्यापार मेला शनिबार पनि जारी

भक्तपुरमा औद्योगिक व्यापार मेला शनिबार पनि जारी : Icon Khabar

भक्तपुर, असार ७ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ । उक्त मेला आज शनिबार पनि जारी रहयो ।

मेलामा उल्लेखनीय ग्राहकहरुको सहभागिता रहेको थियो। मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, मूर्तिकलाको प्रदर्शनी लगायतका स्टलहरु छन् । यसैगरी मेलामा स्थानीय खानाका स्टलहरु समेत रहेका छन् । मेलामा ४० भन्दा बढी स्टल रहका छन् ।

मेलामा स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्र, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनीमा छन् । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।

Published Date: 21 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग