भक्तपुरमा औद्योगिक व्यापार मेला शनिबार पनि जारी

भक्तपुरमा औद्योगिक व्यापार मेला शनिबार पनि जारी : Icon Khabar

भक्तपुर, असार ७ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ । उक्त मेला आज शनिबार पनि जारी रहयो ।

मेलामा उल्लेखनीय ग्राहकहरुको सहभागिता रहेको थियो। मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, मूर्तिकलाको प्रदर्शनी लगायतका स्टलहरु छन् । यसैगरी मेलामा स्थानीय खानाका स्टलहरु समेत रहेका छन् । मेलामा ४० भन्दा बढी स्टल रहका छन् ।

मेलामा स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्र, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनीमा छन् । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न