भक्तपुरमा उद्यमशिलता सीप विकास तालिम सम्पन्न

भक्तपुरमा उद्यमशिलता सीप विकास तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा उद्योग तथा बाणिज्य कार्यालयबाट संचालित उद्यमशिलता सीप विकास तालिम सम्पन भयो ।

सो अवसरमा उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिम लिएर उद्यमी बन्न चाहन्नेलाई लक्षित गरी उद्यमशीलता सिप विकास तालिम संचालन गरी रहेको बताउए । उद्यमशीलता सिप विकास तालिमले उद्योग कहाँ कसरी र किन दर्ता गर्न भने विषयमा जानकारी गराउनु साथै उद्यमी भई सफल भएका उद्यमीको प्ररणादायी कथाहरु पनि सुनाउने भएकोले नयाँ उद्यमीलाई यो तालिमले मार्ग दर्शन हुने बताए ।

साथै कार्यालय प्रमुख कुस्माले उद्योग तथा बाणिज्य कार्यालयले साना उद्यमी उत्थानको लागि विभिन्न सिपमुलक तालिम प्रदान गर्नुका साथै ५० प्रतिशत लागत साझेदारीमा मेशिन उपकरण पनि प्रदान गर्ने जानकारी गराउँदै उद्यमशीलता सिप विकास तालिम लिई उद्यमी बन्न अनुरोध गरे ।

भक्तपुर घरेलु तथा साना उद्योग संघसँगको सहकार्यमा यो बर्ष व्युटिपार्लर, अतिथि सत्कार, घरेलु उत्पादन मेला तथा स्थानीय उत्पादनहरुलाई प्रवर्द्धन गर्ने हेतुले गो लोकल कार्यक्रम संचालन गरेको बताउदै निजी क्षेत्रमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गर्दै आईरकेको कार्यप्रति खुशी व्यक्त गर्दै निजी क्षेत्रको तर्फबाट भक्तपुर घरेलु तथा साना उद्योग संघले उद्यमी बन्न चाहनेहरुलाई सहकार्य गर्नुहुन्छ भने सरकारको तर्फबाट सहकार्य एव समन्वय गर्ने कार्य उद्योग तथा बाणिज्य कार्यालयले गर्ने बताउए ।

कार्यक्रममा उद्यमशिलता सिप विकास तालिममा सहभागी प्रशिक्षार्थिहरुलाई मध्यपुर थिमि नगरपालिका वडा नं ५ वडाध्यक्ष श्री बालकृष्ण श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए भने प्रमुख अतिथि प्रशिक्षक लगायत संघका पदाधिकारीहरुलाई भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मायाको चिनो बितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न