भक्तपुरमा उद्यमशिलता सीप विकास तालिम सम्पन्न

भक्तपुरमा उद्यमशिलता सीप विकास तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा उद्योग तथा बाणिज्य कार्यालयबाट संचालित उद्यमशिलता सीप विकास तालिम सम्पन भयो ।

सो अवसरमा उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिम लिएर उद्यमी बन्न चाहन्नेलाई लक्षित गरी उद्यमशीलता सिप विकास तालिम संचालन गरी रहेको बताउए । उद्यमशीलता सिप विकास तालिमले उद्योग कहाँ कसरी र किन दर्ता गर्न भने विषयमा जानकारी गराउनु साथै उद्यमी भई सफल भएका उद्यमीको प्ररणादायी कथाहरु पनि सुनाउने भएकोले नयाँ उद्यमीलाई यो तालिमले मार्ग दर्शन हुने बताए ।

साथै कार्यालय प्रमुख कुस्माले उद्योग तथा बाणिज्य कार्यालयले साना उद्यमी उत्थानको लागि विभिन्न सिपमुलक तालिम प्रदान गर्नुका साथै ५० प्रतिशत लागत साझेदारीमा मेशिन उपकरण पनि प्रदान गर्ने जानकारी गराउँदै उद्यमशीलता सिप विकास तालिम लिई उद्यमी बन्न अनुरोध गरे ।

भक्तपुर घरेलु तथा साना उद्योग संघसँगको सहकार्यमा यो बर्ष व्युटिपार्लर, अतिथि सत्कार, घरेलु उत्पादन मेला तथा स्थानीय उत्पादनहरुलाई प्रवर्द्धन गर्ने हेतुले गो लोकल कार्यक्रम संचालन गरेको बताउदै निजी क्षेत्रमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गर्दै आईरकेको कार्यप्रति खुशी व्यक्त गर्दै निजी क्षेत्रको तर्फबाट भक्तपुर घरेलु तथा साना उद्योग संघले उद्यमी बन्न चाहनेहरुलाई सहकार्य गर्नुहुन्छ भने सरकारको तर्फबाट सहकार्य एव समन्वय गर्ने कार्य उद्योग तथा बाणिज्य कार्यालयले गर्ने बताउए ।

कार्यक्रममा उद्यमशिलता सिप विकास तालिममा सहभागी प्रशिक्षार्थिहरुलाई मध्यपुर थिमि नगरपालिका वडा नं ५ वडाध्यक्ष श्री बालकृष्ण श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए भने प्रमुख अतिथि प्रशिक्षक लगायत संघका पदाधिकारीहरुलाई भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मायाको चिनो बितरण गरेका थिए ।

Published Date: 20 June 2025


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली