अझै खुलेन अरनिको राजमार्ग कोप्लाङमा सडक

अझै खुलेन अरनिको राजमार्ग कोप्लाङमा सडक : Icon Khabar

काठमाडौं, असार २ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।

सडक विभाग, गाउँपालिका र स्थानीय हाइड्रोलाई समन्वय गरेर सडक खुलाउने प्रयास भएपनि अहिलेसम्म सडक नखुलेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईले जानकारी दिए ।

सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानीदेखि कोदारी खण्डसम्म यातायात अवरुद्ध छ ।

सडकखण्डको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ ।

सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण भन्सार नाकातर्फको आवागमन पूर्णरुपमा ठप्प भएको छ ।

Published Date: 16 June 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न