सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, जेठ ३० । घरेलु बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।

आज सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2025
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने