पतञ्जलीमा आएको सबै रकमको अनुसन्धान सिआइबीले गर्ने

पतञ्जलीमा आएको सबै रकमको अनुसन्धान सिआइबीले गर्ने : Icon Khabar

काठमाडौँ, जेठ २३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालमा गैरकानुनी तरिकाले रकम आएको भन्दै थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने भएको छ।

बिहीबार विशेष अदालतमा दायर भएको अभियोग पत्रमा अख्तियारले अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गर्ने निर्णय गरेको हो।

कम्पनीले एसबिआई बैंक र एभेरेष्ट बैंकलगायत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्‍थामा गैरकानुनी तरिकाले रेमिट्यान्समार्फत अर्बौं रकम प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ।

उक्‍त रकम प्राप्त गर्दा राष्ट्र बैंक, समाज कल्याण परिषद लगायतको कानुन बमोजिमको कार्यालयबाट अनुमति नलिएको पनि अख्तियारले औंल्याएको छ।

रकम पतञ्जलीको बैंक खातामा आएको, उक्त रकमको खर्चको हरहिसाब नदेखिएको पनि अख्तियारले जनाएको छ।

यसमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४, विदेशी विनिमय ऐन, २०१९, राष्ट्र बैंक ऐन, २०५८ लगायतको प्रचलित कानुनको समेत प्रतिकुल रहेको भन्दै थप अनुसन्धान गर्नुपर्ने अख्तियार निष्कर्षमा पुगेको हो।

थप अनुसन्धाका लागि अख्तियारले सिआइबीलाई पत्राचार गर्ने निर्णय गरेको हो।

हदबन्दीभन्दा बढी जग्गा किनबेच गरी हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Published Date: 06 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी